सुरजकुमार दुरा संघीय संसद सचिवालयको सचिवमा बढुवा

सुरजकुमार दुरा संघीय संसद सचिवालयको सचिवमा बढुवा

शनिवार, जेठ ३१ २०८२
शनिवार, जेठ ३१ २०८२
  • सुरजकुमार दुरा संघीय संसद सचिवालयको सचिवमा बढुवा

    काठमाडौं । संघीय संसद् सचिवालयको रिक्त सचिवालय सचिवमा सुरजकुमार दुराको बढुवा भएको छ । सभामुखको अध्यक्षतामा शनिबार बसेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले दुरालाई सचिवालय सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । 

    लोकसेवा आयोगको अध्यक्षतामा रहेको बढुवा समितिले दुई दिनअघि दुरासहित मनोजकुमार गिरी र हृदयराम महर्जनलाई बढुवा गर्न सिफारिस गरेको थियो ।

    सचिवालय सचिव सुदर्शन खड्काले राजीनामा दिएसँगै संसद् सचिवालयमा एक सचिवालय सचिव पद रिक्त थियो ।  

    दुराले शनिबार नै सिंहदरबारस्थित कार्यालयमा पदबहाली गरेका छन् ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij