माछा मार्दा करेन्ट लागेर दुईजनाको मृत्यु

माछा मार्दा करेन्ट लागेर दुईजनाको मृत्यु

शनिवार, जेठ ३१ २०८२
शनिवार, जेठ ३१ २०८२
  • माछा मार्दा करेन्ट लागेर दुईजनाको मृत्यु

    काठमाडौं । करेन्ट लगाएर माछा मार्ने क्रममा मोरङमा दम्पतीको मृत्यु भएको छ । सुन्दरहरैंचा नगरपालिका-७ का ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी पत्नी ५२ वर्षीया फूलमाया लिम्बूको मृत्यु भएको हो ।

    मोरङ प्रहरीका अनुसार घर नजिकै सुन्दरहरैँचा-७ स्थित मदेली खोलाको पुलमुनि करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

    लिम्बूले माछा मार्नलाई बिजुलीको पोलबाट ‘हुक’ गरेर खोलामा करेन्ट प्रवाह गरेका थिए । प्रहरीका अनुसार  करेन्ट लागेर दुवै जनाको बिहान ९ः४० बजेतिर घटनास्थलमै मृत्यु भएको हो । शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij