गुणस्तरहीन खाना खुवाउने काठमाडौंका ३ होटललाई ३/३ लाख जरिवाना

गुणस्तरहीन खाना खुवाउने काठमाडौंका ३ होटललाई ३/३ लाख जरिवाना

आइतवार, फाल्गुण २७ २०८०
आइतवार, फाल्गुण २७ २०८०
  • गुणस्तरहीन खाना खुवाउने काठमाडौंका ३ होटललाई ३/३ लाख जरिवाना

    काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित होटेलले अखाद्य वस्तु प्रयोग गरी खाना तयार गर्ने गरेको फेला परेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार बजार अनुगमनको क्रममा  यस्तो फेला परेको हो ।

    विभागले उक्त होटलको खाना र खाजा तयार पार्न प्रयोग गर्ने मरमसला, खानेतेल, विभिन्न प्रकारका खाद्यजन्य पदार्थहरु म्याद नाघेको अवस्थामा फेला पारेको हो । 

    उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्नुका साथै ठगिसमेत गरेकाले विभागको अनुगमन टोलीले ३ होटेललाई जनही ३/३ लाख रुपैयाँ जरिवाना गराएको छ । यसबाहेक ति होटेलहरुबाट म्याद नाघेको अवस्थामा पाइएको खाद्यजन्य कच्चा पदार्थसमेत ठूलो परिमाणमा बरामद गरी नष्ट गरेको छ । विभागले होटेलको नाम भने खुलाएको छैन ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij