शैक्षिक परामर्श व्यवसायीलाई करदाता शिक्षा

शैक्षिक परामर्श व्यवसायीलाई करदाता शिक्षा

शुक्रवार, जेठ ३० २०८२
शुक्रवार, जेठ ३० २०८२
  • शैक्षिक परामर्श व्यवसायीलाई करदाता शिक्षा

    काठमाडौं । आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरले  शैक्षिक परामर्श व्यवसायीलाई लक्षित गरी करदाता शिक्षा तथा अन्तर्क्रिया कार्यक्रमकाे आयोजना गरेको छ । जापानिज भाषा स्कुल संघ (जाल्सान), नेपालसॅंगको सहकार्यमा आयोजित कार्यक्रम अल्फा हाउस वानेश्वरको सभाहलमा सम्पन्न भएको थियो । 

    कार्यक्रममा कर अधिकृत रमेश श्रेष्ठले करसम्बन्धी विविध विषयमा जानकारीमूलक प्रस्तुती गरेका थिए। त्यसैगरी कर एवं लेखा व्यवस्थापनका विषयमा सिए नवराज गौतमले प्रशिक्षण दिएका थिए । सहभागिका जिज्ञासालाई कर अधिकृत वेद प्रसाद खनाल र प्रमुख कर अधिकृत गोविन्दराज आचार्यले सम्बोधन गरेका थिए । 

    2.jpg

    कार्यक्रममा बाेल्दै जाल्सानका अध्यक्ष रमेश देवकोटाले कर शिक्षा कार्यक्रम व्यवसायीका लागि निकै उपयोगी भएको प्रतिक्रिया दिदै आगामी दिनमा समेत सहकार्यको अपेक्षा गरे । कार्यक्रममा आर्थिक विधेयक, २०८२ का प्रावधान एवं छुट सुविधाका सम्बन्धमा सुसूचित गरिएको थियो ।  

    यस्तै कर सम्बन्धि सन्देशमूलक भिडियो सामाग्री प्रशारण गरिएको थियो। प्रमुख कर अधिकृत आचार्यले परामर्श व्यवसायीले पालना गर्नुपर्ने कानुनी प्रावधानका बिषयमा जानकारी दिएका थिए । व्यवसायमैत्री नीतिमार्फत अर्थतन्त्रमा स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन गर्न निजी क्षेत्रबाट सकारात्मक भूमिकाको सदैव अपेक्षा रहने आचार्यको भनाइ थियाे । 

    3.jpg

    कार्यक्रमको संचालन जाल्सानका महासचिव अरुण पाण्डेले गरेका थिए ।  संस्थाका प्रथम उपाध्यक्ष एवं तालिम संयोजक महेश श्रेष्ठले कार्यक्रमको  संयोजन गरेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij