सुजन कडरिया अनेरास्ववियुका नयाँ अध्यक्षमा निर्वाचित, अन्य काे-काे भए निर्वाचित ?

सुजन कडरिया अनेरास्ववियुका नयाँ अध्यक्षमा निर्वाचित, अन्य काे-काे भए निर्वाचित ?

शुक्रवार, जेठ ३० २०८२
शुक्रवार, जेठ ३० २०८२
  • सुजन कडरिया अनेरास्ववियुका नयाँ अध्यक्षमा निर्वाचित, अन्य काे-काे भए निर्वाचित ?

    काठमाडौं । अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न सम्पन्न निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा आयोजित महाधिवेशन अन्तर्गत बिहीबार विद्युतीय मेसिनबाट मतदान भएको थियो ।

    निर्वाचनको परिणाम अनुसार नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् । उनले ७३२ मत प्राप्त गर्दै प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतको फराकिलो मतान्तरले पछि पारेका हुन्। पौडेलले ७२५ मत प्राप्त गरेका थिए ।

    खुला उपाध्यक्षमा विकास श्रेष्ठ ७०८ मतसहित र महिलातर्फको उपाध्यक्षमा अञ्जना सिवाकोटी ७७५ मतसहित विजयी भएका छन् ।

    त्यसैगरी, महासचिव पदमा दीपक धामी ७८५ मत प्राप्त गरी निर्वाचित भए भने उपमहासचिवमा कमलले ८१६ मत प्राप्त गरे ।

    चार सचिव पदमा आकाश घर्ती मगर (३६० मत), रचना सापकोटा (३०४ मत), समिम बाबु खान (२७३ मत) र गोपाल नेपाल (२६८ मत) विजयी भएका छन् ।

    केन्द्रीय आयोगअन्तर्गत निर्वाचन आयोगको अध्यक्षमा जितप्रसाद सिटौला, उपाध्यक्षमा प्रविन गिरी र सचिवमा विशाल पराजुली निर्वाचित भए । लेखा आयोगको अध्यक्षमा अञ्जली लम्साल, उपाध्यक्षमा समीक्षा ढकाल र सचिवमा गगनसिंह बस्नेत विजयी भएका छन् ।

    अनुशासन आयोगको अध्यक्षमा सुमन घिमिरे, उपाध्यक्षमा आकाश गिरी र सचिवमा स्मृति अधिकारी निर्वाचित भए । नीति, योजना तथा अनुसन्धान आयोगतर्फ अध्यक्षमा प्रकाश विष्ट, उपाध्यक्षमा योगेश बम र सचिवमा विष्णु पाण्डे विजयी भएका छन् ।

    महाधिवेशनमा १,५५१ मतदातामध्ये १,४५० मत खसेका थिए । चुनाव विद्युतीय प्रणालीमार्फत सम्पन्न गरिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij