आज पनि संसद बैठक बस्दै नबसी स्थगित

आज पनि संसद बैठक बस्दै नबसी स्थगित

बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • आज पनि संसद बैठक बस्दै नबसी स्थगित

    काठमाडौं । प्रतिनिधिसभा बैठकमा स्थगित भएको छ । विपक्षी दलहरूले अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

    उनका अनुसार अब अर्को बैठक भोलि (शुक्रबार) दिउँसो १ बजे बस्नेछ ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् बैठक अवरोध गर्दै आइरहेको छ ।

    सो प्रकरणमा छानबिन वा अध्ययन गर्ने भन्ने विषयमा सत्तारुढ दलहरूले लिखित प्रतिबद्धता जाहेर गर्ने बताएका छन् ।

    यद्यपि रास्वपाले निर्णय लिनका लागि थप समय माग गरेको छ ।

    प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अनुसार भोलिदेखि नियमित रुपमा संसद् चल्नेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij