एयर इन्डिया विमान दुर्घटनामा पूर्वमुख्यमन्त्रीसहित २४२ जनाको मृत्यु

एयर इन्डिया विमान दुर्घटनामा पूर्वमुख्यमन्त्रीसहित २४२ जनाको मृत्यु

बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • एयर इन्डिया विमान दुर्घटनामा पूर्वमुख्यमन्त्रीसहित २४२ जनाको मृत्यु

    काठमाडौं । भारतको अहमदाबादमा बिहीबार दिउँसो भएको एक भीषण विमान दुर्घटनामा एयर इन्डियाको फ्लाइट एआइ १७१ दुर्घटनाग्रस्त हुँदा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसहित विमानमा सवार सबै २४२ जनाको ज्यान गएको छ ।

    उक्त विमान लन्डनका लागि अहमदाबादबाट उडान भरिरहेको थियो । विमानमा २३२ जना यात्रु र १० जना चालक दलका सदस्य सवार थिए । उडान भरेको केही मिनेटमै विमान दुर्घटनाग्रस्त भएको हो ।

    अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको अनुसार, घाइतेको अवस्था पनि अत्यन्त गम्भीर भएकाले कसैको ज्यान जोगिने सम्भावना देखिएको छैन ।

    घटनास्थलमा अहिलेसम्म १०० जनाको शव फेला परिसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    बोइङ ७८७–८ मोडेलको विमान दिउँसो १ः३८ बजे टेकअफ गरे पनि केही मिनेटमै तल खस्दै भवनमा ठोक्किएको हो । प्रत्यक्षदर्शीका अनुसार, विमान उडान भर्दै गर्दा नै निकै तल उडिरहेको थियो र ठोक्किएपछि ठूलो आगलागी भएको थियो ।

    विमान अहमदाबादको सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही समयमै अस्पतालका डाक्टरहरुको आवास रहेको एक पाँचतले भवनमा ठोक्किएको हो । आगलागीका कारण सो भवनका १५ जना डाक्टर पनि घाइते भएका छन् ।

    एयर इन्डियाले दुर्घटनापछि यात्रुका आफन्तहरूका लागि जानकारी र सहायताको व्यवस्था गर्न हटलाइन नम्बर सार्वजनिक गरेको छ ।

    फोटो विवरण उपलब्ध छैन।

    सायद ४ जना मानिसहरू, एयरक्राफ्ट  र 'キ CO COKANDO' भन्ने पाठ को फोटो हुनसक्छ

    सायद 1 व्यक्ति  र आगो को फोटो हुनसक्छ

    फोटो विवरण उपलब्ध छैन।

    फोटो विवरण उपलब्ध छैन।

    सायद ८ जना मानिसहरू  र टेबल को फोटो हुनसक्छ

    (तस्वीर स्राेत : सामाजिक सञ्जाल)

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij