अमेरिकाबाट डिपोर्ट गरिएका तीन दर्जनबढी नेपाली आज काठमाडौं आउँदै

अमेरिकाबाट डिपोर्ट गरिएका तीन दर्जनबढी नेपाली आज काठमाडौं आउँदै

आइतवार, जेठ २५ २०८२
आइतवार, जेठ २५ २०८२
  • अमेरिकाबाट डिपोर्ट गरिएका तीन दर्जनबढी नेपाली आज काठमाडौं आउँदै

    काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका मरिव तीन दर्जन नेपाली आज काठमाडौं आइपुग्ने भएका छन् । इमिग्रेसन कानुन उल्लंघन गरेको भन्दै अमेरिकाले उनीहरुलाई डिपोर्ट गरेको बताइएको छ।

    अध्यागमन कार्यालयका अनुसार नेपाली सवार अमेरिकी चार्टर्ड विमान आइतबार अपराह्न साढे चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेले अमेरिकाबाट डिपोर्ट भएका नेपाली आज अपराह्न काठमाडौं आउन लागेको पुष्टि गरे । 

    अमेरिकाले चार्टर्ड गरेको विमान डिपोर्ट गरिएका विभिन्न देशका नागरिकलाई छाड्दै अपराह्न साढे चार बजे काठमाडौं आइपुग्ने बताइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिकी सरकारले आप्रवासीहरुमाथि कडाइ गर्ने नीति लिएको छ । 

    भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधि सकिएर पनि बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर सम्बन्धित देश फर्काइरहेको छ । अमेरिकाले सोही नीति अनुसार नेपालीलाई पनि डिपोर्ट गर्दै आएको छ ।


    ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि हालसम्म १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ । डिपोर्ट हुनेहरुमा दलाललाई मोटो रकम बुझाएर अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरु धेरै रहेको जनाइएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij