अमेरिकामा ४ नेपाली मृत फेला

अमेरिकामा ४ नेपाली मृत फेला

शनिवार, जेठ २४ २०८२
शनिवार, जेठ २४ २०८२
  • अमेरिकामा ४ नेपाली मृत फेला

    काठमाडौं । अमेरिकामा चार नेपाली मृत फेला परेका छन् । भर्जिनियाको मानेसास पार्कस्थित एक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष मृत फेला परेका हुन् । 

    ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, २ वर्षे बालक र ८ वर्षीया बालिका मृत भेटिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको नेपाली ठेगाना यकिन भइसकेको छैन । घटनास्थलमा एक थान बन्दुक पनि फेला परेको छ । प्रहरीले यो घटनालाई हत्यापछिको आत्महत्या भनेको छ । 

    सबै शवलाई मानेसासस्थित मेडिकल एक्जामिनरको कार्यालयमा लगिएको छ । स्थगानीय टेलिभिजनसँगको कुराकानीमा छिमेकीले करिब ६ महिनाअघि मात्र उनीहरु सो बस्तीमा बसिई सरेको बताएका छन् । प्रहरीले थप अनुस्न्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij