आइतबार दिउँसो एक बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

आइतबार दिउँसो एक बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

शुक्रवार, जेठ २३ २०८२
शुक्रवार, जेठ २३ २०८२
  • आइतबार दिउँसो एक बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित
    काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक यही जेठ २५ गते आइतबारसम्मका लागि स्थगित गरिएको छ । 
     
    आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक चलाउन सहमति नजुटेपछि आइतबार दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको सङ्घीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गर्नुभएको सूचनामा उल्लेख गरिएको छ ।
     
    आजको बैठकमा प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्नेलगायत तीन बुँदे मागलाई यथावत् राख्ने निष्कर्ष निकालेपछि सूचना टाँस गरेर आइतबार दिउँसो एक बजे बस्ने गरी तोकिएको हो । 
     
    संसद्मा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) एवं प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र नेकपा (एकीकृत समाजवादी) को आज संसद् भवन सिंहदरबारमा बसेको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म बैठक चल्न नदिने यसअघिको निर्णयलाई यथावत् राख्ने निष्कर्ष निकालेको थियो । त्यसलगत्तै सभामुख घिमिरेले अर्को बैठक आइतबार बस्ने गरी तोकेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij