नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा छोराले बाबु र छिमकीको हत्या गरेका छन् ।आज बिहान ११ बजे जिल्लाको सुनवल नगरपालिका–२ को औरहियामा ३५ वर्षीय हेमराज थारूले ५० वर्षीय बाबु जयराम थारू र छिमेकी ७० नाथु धरिकारलाई कोदालो प्रहार गरी हत्या गरेका हुन् ।
जिल्ला प्रहरीका कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तका अनुसार, खेमराजले दुवै जनाको टाउको र घाँटीमा कोदालो प्रहार गरी हत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय सुनवल र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर आरोपितलाई पक्राउ गरिसकेको छ ।
हत्याको कारण खुल्न सकेको छैन । प्रहरीको घट्नाका सम्बन्धमा थप अनुसन्धान अघि बडाएको जनाएको छ ।