इटहरी । विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन गरिएको छ ।
टोलीले बेपत्ता भएका सशस्त्र प्रहरी जवान झापाका हरेदेव राजवंशीको शव केहीबेरअघि सप्तकोशी किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । हराइरहेका अर्का प्रहरी जवान डोटीका सुरज साउदको खोजी कार्य जारी छ ।
विपद् उद्धार अभ्यासका क्रममा उनीहरु बिहीबार सप्तकोशी ब्यारेज नजिकैबाट बेपत्ता भएका थिए । बिहवारनै खोजी कार्य अघि बढाइए पनि उनीहरु फेला परेका थिएनन् ।