काठमाडौं । आउँदो वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन निर्वाचन आयोगले अनुरोध गरेको छ । आज प्रेस विज्ञप्ती जारी गर्दै आयोगले इलाम– २ र बझाङ–१ मा हुन गइरहेको उपनिर्वाचनका लागि वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुग्नेको विवरण अध्यावधिक गराउन अनुरोध गरेको हो ।
मतदाता नामावली अद्यावधिक तथा अन्तिम मतदाता नामावली प्रकाशन कार्यक्रम फागुन २९ गतेदेखि २०८० चैत्र ५ सम्म सञ्चालन हुने आयोगले जनाएको छ ।
यसका लागि फागुन २८ गते आयोगको वेबसाइट www.election.gov.np मा मतदाता नामावली प्रकाशन गरिने पनि आयोगले जानकारी दिएको छ ।
'उक्त अवधिमा मतदाता नामावलीमा भएको त्रुटि सच्याउन र एकाघर परिवारका सदस्यको मृत्यु भएको वा नागरिकता त्याग गरेको अवस्थामा नामावलीबाट नाम हटाउनका लागि मा गई अनलाइनमार्फत वा सम्बन्धित निर्वाचन कार्यालय वा वडा कार्यालयमा निवेदन दिन सकिनेछ । मातदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भएपश्चात चैत्र २२ मा अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ,’ विज्ञप्तिमा उल्लेख छ ।