उपचार गराउने टिकट काट्न लाइनमा बसेका युवकको मृत्यु

उपचार गराउने टिकट काट्न लाइनमा बसेका युवकको मृत्यु

आइतवार, फाल्गुण २७ २०८०
आइतवार, फाल्गुण २७ २०८०
  • उपचार गराउने टिकट काट्न लाइनमा बसेका युवकको मृत्यु

    काठमाडौं । पुर्वी चितवनको बकुलहर रत्नगर अस्पतालमा बहिरंग सेवाको टिकट काट्ने लाइनमा बसेका एक युवकको आज विहान मृत्यु भएको छ । मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका– ३ लौरीघोलका ३४ बर्षीय जीवनबाबु थापामगर लाइनमा बसेका बेला अचानक ढलेका थिए ।

    त्यसपछि तत्कालै अस्पतालको आकस्मिक कक्षमा लगेर उपचार गराउँदा मृत्यु भएको हो । डाक्टरका अनुसार उनलाई एक प्रकारको कार्डियाक एरेस्ट भएको थियो ।

    थापा विहान १० बजे नै अस्पतालमा उपचारका लागि पुगेका थिए । तर लगातार दुई दिन सार्वजनिक बिदापछि अस्पताल खुलेकाले बहिरंग सेवाको टिकट काट्नेहरुको लामो लाइन थियो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij