राष्ट्रियसभा अध्यक्षका लागि निर्वाचन फागुन २९ गते, उम्मेदवारी दर्ता भोलि

राष्ट्रियसभा अध्यक्षका लागि निर्वाचन फागुन २९ गते, उम्मेदवारी दर्ता भोलि

आइतवार, फाल्गुण २७ २०८०
आइतवार, फाल्गुण २७ २०८०
  • राष्ट्रियसभा अध्यक्षका लागि निर्वाचन फागुन २९ गते, उम्मेदवारी दर्ता भोलि

    काठमाडौं । राष्ट्रियसभा अध्यक्षका लागि निर्वाचन फागुन २९ गते हुने भएको छ । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभाका अध्यक्षको निर्वाचन फागुन २९ गतेका लागि तोकेको सभालाई जानकारी गराएकी हुन् । 

    आइतबार बसेको राष्ट्रियसभा बैठकको अध्यक्षता गर्दै अर्यालले राष्ट्रियसभाको नियमावली बमोजिम संघीय संसदको महासचिव पद्मप्रसाद पाण्डेयलाई अध्यक्षको निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गर्न निर्देशन समेत दिएकी छिन् । 

    भोलि (सोमबार) राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij