काठमाडौं । गएरातीको अविरल वर्षाका कारण अवरुद्ध भएको कोसी राजमार्ग एकतर्फी संचालनमा आएको छ । शनिबार साँझ ६ः३० बजे मुलघाटको अवरुद्ध सडक एकतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएकाे छ ।
बिहान करिब ६ बजेतिर अबिरल परेको बर्षाको कारण धनकुटाको साँगुरीगढी गापा- ६ कोशी राजमार्गस्थित फेदी भन्ने स्थानमा लेउती खोलामा आएको बाढीले १०० मिटरभन्दा बढी सडक कटान गरेर बगाएको थियो ।
सडक बगाएपछि सो क्षेत्रमा यातायात १२ घण्टादेखि अबरुद्ध भएको थियो ।