मन्त्रिपरिषद्ले स्वीकृति दिँदा पनि रोकियो मन्त्री चौधरीको अमेरिका भ्रमण

मन्त्रिपरिषद्ले स्वीकृति दिँदा पनि रोकियो मन्त्री चौधरीको अमेरिका भ्रमण

आइतवार, फाल्गुण २७ २०८०
आइतवार, फाल्गुण २७ २०८०
  • मन्त्रिपरिषद्ले स्वीकृति दिँदा पनि रोकियो मन्त्री चौधरीको अमेरिका भ्रमण

    काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीको अमेरिका भ्रमण स्थगित भएको छ ।

    संयुक्त राष्ट्रसंघको आयोजनामा न्यूयोर्कमा हुन लागेको ‘कमिसन अन दि स्टाटस अफ वुमन’को ६८ओैँ सत्रमा भाग लिन मन्त्री चौधरी जाने तय भएको थियो । भ्रमणका लागि मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृति पनि दिएको थियो ।

    प्रधानमन्त्रीले तत्काल नै विश्वासको मत लिने तयारी गरेकोले उनको भ्रमण स्थगन गरिएको जनाइएको छ ।

    मन्त्री नगएपछि मन्त्रालयका सचिव सुमनराज अर्यालको नेतृत्वको टोली न्यूयोर्क प्रस्थान गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij