डीआईजी श्रेष्ठको सरुवा बदर, रानालाई रानीपोखरी खटाइयो

डीआईजी श्रेष्ठको सरुवा बदर, रानालाई रानीपोखरी खटाइयो

शनिवार, जेठ १७ २०८२
शनिवार, जेठ १७ २०८२
  • डीआईजी श्रेष्ठको सरुवा बदर, रानालाई रानीपोखरी खटाइयो

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी महाशाखा प्रमुख, डीआईजी हिमालयकुमार श्रेष्ठको सरुवा निर्णय अन्ततः बदर गरिएको छ ।

    शुक्रबार दिउँसो गृहमन्त्रीको निर्णयअनुसार डीआईजी श्रेष्ठलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सरुवा गर्ने र उनको स्थानमा नवप्रवेशी डीआईजी ओम बहादुर रानालाई अख्तियारमा पदस्थापन गर्ने भनिएको थियो । तर केही घण्टामै सो निर्णय उल्ट्याइयो ।

    सरुवा सामान्य प्रशासनिक प्रक्रिया भए पनि श्रेष्ठले भिजिट भिसा सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको समयमा गरिएको सरुवाले चासो र चर्चा पाएको थियो । अन्ततः यो सरुवा बदर गरी श्रेष्ठलाई पुनः अख्तियारमै यथावत् राखिएको छ भने रानालाई रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा खटाइएको छ ।

    गत मंसिर १३ गते ओम बहादुर राना एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए । पछिल्लो निर्णयअनुसार डीआईजी श्रेष्ठ अख्तियारमै जिम्मेवारी सम्हालिरहनेछन् भने डीआईजी रानाले उपत्यका प्रहरीको नेतृत्व लिनेछन् ।

    नेपाल प्रहरी प्रधान कार्यालयले पनि सूचना जारी गर्दै श्रेष्ठलाई पुरानै दरबन्दीमा कायम राखिएको र रानालाई रानीपोखरीमा कार्य गर्न पठाइएको जानकारी दिएको छ ।

    डीआईजी हिमालयकुमार श्रेष्ठको सरुवा गरिएको पत्र

    डीआईजी हिमालयकुमार श्रेष्ठ र ओम बहादुर रानाको सरुवा बदर गरिएको पत्र

    श्रेष्ठलाई साविकको दरबन्दीमा कायम राखिएको र रानालाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्य गर्ने गरी खटाइएको निर्णय

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij