मुम्बई आईपीएलको दोस्रो क्वालिफायरमा, गुजरात बाहिरियाे

मुम्बई आईपीएलको दोस्रो क्वालिफायरमा, गुजरात बाहिरियाे

शनिवार, जेठ १७ २०८२
शनिवार, जेठ १७ २०८२
  • मुम्बई आईपीएलको दोस्रो क्वालिफायरमा, गुजरात बाहिरियाे

    काठमाडौं । पाँचपटकको विजेता टोली मुम्बई  आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । शुक्रबारराती सम्पन्न इलिमिनेटर खेलमा गुजरात टाइटान्सलाई २० रनले हराउँदै मुम्बई दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । 

    मुम्बईले दिएको २२९ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर २०८ रन मात्र बनाउन सक्यो। गुजरातका साइ सुदर्शनले सर्वाधिक ८० रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । 

    त्यस्तै वासिङटन सुन्दरले ४८ तथा शेरफन रदरफोर्डले २४ र कुसल मेन्डिसले २० रन बनाए । मुम्बईका लागि जसप्रीत बुमराह र ट्रेन्ट बोल्टले २-२ विकेट लिँदा मिचेल सान्टनर र अश्वनी कुमारको नाममा १-१ विकेट लिए । 

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २२८ रन बनाएको थियो । ओपनर रोहित शर्माले ५० बलमा सर्वाधिक ८१ रन बनाए । 

    त्यस्तै अर्का ओपनर जोनी बेयरस्टोले ४७ रन जाेडे । सुर्यकुमार यादवले ३३ तथा कप्तान हार्दिक पाण्ड्याले अविजित २२ रन बनाए । 

    मुम्बईले अब फाइनल प्रवेशका लागि पञ्जाब किङ्ससँग दोस्रो क्वालिफायरमा खेल्नेछ भने पराजित भएको गुजरात उपाधि हाेडबाट बाहिरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij