बाल सुधार गृहमा देखिएका समस्या समाधान गर्न ध्यानाकर्षण

बाल सुधार गृहमा देखिएका समस्या समाधान गर्न ध्यानाकर्षण

बुधवार, जेठ १४ २०८२
बुधवार, जेठ १४ २०८२
  • बाल सुधार गृहमा देखिएका समस्या समाधान गर्न ध्यानाकर्षण

    काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा बोल्ने सांसदहरूले बाल सुधारगृहमा देखिएका समस्या सम्बोधन गर्नुपर्ने तथा नजिकिँदो मनसुनलाई ध्यानमा राखी आवश्यक तयारी गर्नुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।  

    बैठकको शून्य समयमा बाल सुधार गृहमा देखिएका विभिन्न समस्या सम्बोधन गर्न सांसद कृष्णबहादुर रोकायाले माग गरे । उनले देशभर जम्मा नौ वटा सुधार गृह भएको र भएकामा पनि क्षमताभन्दा बढी रहेकाले विभिन्न समस्या देखिरहेको बताए ।

    उनले भन, “कर्णाली प्रदेशमा त एउटा पनि बाल सुधार गृह छैन । अत्यधिक भीडभाड, पर्याप्त शौचालय, शिक्षा र परामर्शको अभाव तथा आवश्यक सुविधाबाट वञ्चित छन् । बालगृहमा देखिएका समस्याको सुधार गर्न आग्रह गर्छु ।”

    सांसद घनश्याम रिजालले गत वर्ष बाढी पहिरोले वितण्डा निम्त्याएको र यो वर्ष पनि औसतभन्दा बढी पानी पर्ने आकलन गरिएकोमा उद्धार तथा राहत र आवश्यक तयारीका लागि सरकारलाई ध्यानाकर्षण गराए।

    सांसद पूजा चौधरीले रौतहटको विभिन्न नगरपालिकामा भारतबाट आएका नक्कली चिकित्सकहरूले अवैध र असुरक्षित शल्यक्रिया गरिरहेको पाइएको बताए । “असुरक्षित शल्यक्रियाले एक जना महिलाको ज्यान गुमेको छ । यस्ता गैरकानूनी गतिविधि रोक्न र कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दछु ।”

    सांसद रुकमीणी कोइरालाले संविधानमा सुनिश्चित गरेको मौलिक हकको कार्यान्वयन हुनुपर्नेमा जोड दिए । सांसद विष्णुकुमारी सापकोटाले स्थानीय उत्पादन र बजारीकरणमा सरकारले ध्यान दिनुपर्ने बताए । उनले गाँजाको वैधानिक उत्पादन र बजारीकरण, लोकल कोदोको रक्सी ब्रान्डिङ गर्नेलगायत स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताए ।

    सांसद विष्णुदेवी पुडासैनीले महालेखा परीक्षकको प्रतिवेदनमा सबैभन्दा बढी बेरुजु स्थानीय तहमा देखिएकाले उक्त समस्या समाधान गर्न ध्यानाकर्षण गराए ।

    त्यसैगरी सांसदहरू श्रीकृष्णप्रसाद अधिकारी, विष्णुबहादुर विश्वकर्माले भिजिट भिसा प्रकरणलगायत विषयमा छानबिनका लागि गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरे ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij