बुटवल । रुपन्देहीमा एकै घरका तीन जनाको बीभत्स हत्या भएको छ । जिल्लाको बुटवल उपमहानगरपालिका–११ होराइजनचोक नजिकै एक महिला र उनका दुई बच्चाको बीभत्स हत्या भएको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाका अनुसार मिलीजुली पथकी करिव २७ वर्षीय महिला ७ र ४ वर्षीया छोरीको घाँटी अँठ्याएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ३०–३२ वर्षका सुजन कोइरालालाई नियन्त्रणमा लिएको छ । घटनाको बृस्तृत विवरण आउन बाँकी रहेको र घटनास्थलमा पुगेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।