काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गा चेकप्वाइन्टमा प्रहरीले १२ किलोभन्दा बढी चाँदीसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति बाराको कलैया उपमहानगरपालिका–४ का ३२ वर्षीय अनिशकुमार सिंह रहेका छन् । उनी बा.प्र.०१–००३ ख ३७०१ नम्बरको यात्रुबाहक बसका सहचालक हुन् ।
प्रहरीका अनुसार वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त बसलाई सोमबार राति पौने १० बजेतिर जाँच गर्दा सिंहको साथबाट १२ किलो १७६ ग्राम चाँदी फेला परेको हो । उक्त चाँदीमा सिक्री, चन्द्रमा, पाउजु लगायतका गरगहना रहेका छन् ।
सिंहले चाँदीका ती गहना कुनै बिल बिजक नदेखाई ल्याइरहेको खुलेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।