काठमाडौं । नेपाल राष्ट्र बैंकका हालै नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध रिट दर्ता गरिएको छ । नियुक्तिको दोस्रो दिनमै मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता भएको हो ।
रिटकर्ताका अनुसार उक्त रिटमा बुधबारका लागि पेसी तोकिएको छ । रिटमा गभर्नर सिफारिस समितिका सदस्यसमेत रहेका पौडेललाई ‘म्याच फिक्सिङ’ शैलीमा नियुक्त गरिएको, सुशासनको उल्लंघन गरिएको र राष्ट्र बैंक ऐनले तोकेको शैक्षिक योग्यता नपुगेको जस्ता विषय उठाइएको छ ।
राष्ट्र बैंकजस्तो संवेदनशील संस्थामा प्रक्रिया नपु¥याई नियुक्ति गरिएको र आवश्यक योग्यता नपुगेको भन्दै गभर्नर पौडेलको नियुक्ति बदर गर्न माग गर्दै रिटमा अन्तरिम आदेशको निवेदन समेत गरिएको छ । पौडेल जेठ ६ गते गभर्नर पदमा नियुक्त भएका थिए ।