दुर्गा प्रसाईंका दुई बडिगार्ड रिहा

दुर्गा प्रसाईंका दुई बडिगार्ड रिहा

मंगलवार, जेठ १३ २०८२
मंगलवार, जेठ १३ २०८२
  • दुर्गा प्रसाईंका दुई बडिगार्ड रिहा

    काठमाडौं । गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंका दुवै अंगरक्षक रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि दीपक खड्का र रामकुमार धिमाल रिहा भएका हुन् । 

    खड्का प्रसाईंसँगै भारतबाट पक्राउ परेका थिए ।

    जिल्ला प्रहरी परिसर काठमाडौंले खड्का र धिमाललाई समेत मुद्दा चलाउन सिफारिस गरेको थियो । तर, सरकारी वकिलको कार्यालयले  वस्तुनिष्ठ आधार प्रमाण नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको हो । दुवैजना आइतबार बेलुका नै रिहा भएका थिए ।

    तीनकुने घटनामा प्रसाईंसहित ६१ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा र चार जनाविरुद्ध बाल अदालत भक्तपुरमा अभियोग दर्ता भएको छ । न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासमा उनीहरूको बकपत्र भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij