बाजुरामा जिप दुर्घटना, टेलिकमका प्रमुखसहित ३ जनाको मृत्यु

बाजुरामा जिप दुर्घटना, टेलिकमका प्रमुखसहित ३ जनाको मृत्यु

मंगलवार, जेठ १३ २०८२
मंगलवार, जेठ १३ २०८२
  • बाजुरामा जिप दुर्घटना, टेलिकमका प्रमुखसहित ३ जनाको मृत्यु

    काठमाडौं । जगन्नाथ गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जिप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ निवासी २८ वर्षीय रवीन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

    दुर्घटनामा दुई जना घाइते भएका छन् । उनीहरूको आधारभूत अस्पताल कोल्टीमा उपचारका भइरहेको छ ।

    नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जिप दुर्घटना भएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij