काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले निर्धारण गरेअनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो ,
सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ९० हजार नौ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै तीन दिनदेखि स्थिर रहेको चाँदीको भाउ आज सामान्य घटेको छ । चाँदीको भाउ आज तोलामा १० रुपैयाँले घटेर एक हजार नौ सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ दुई हजार पाँच रुपैयाँ कायम भएको थियो ।