काठमाडौं । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३१ औं पटक सगरमाथा आरोहण सफल गरेका छन् । सोलुखुम्बु थामेका ५५ वर्षीय शेर्पाले आज बिहान ४ः०० बजे सगरमाथाको शिखरमा पुगेर यसअघि आफैंले राखेको कीर्तिमान तोडेका छन् ।
अघिल्लो वर्ष शेर्पाले २९ र ३० औं पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका छन् । पर्यटन विभागका अनुसार आजदेखि सगरमाथा आरोहण सकिनेछ । यो ‘सिजन’मा ४६ आरोही समूहका ४५८ जनाले आरोहण अनुमति लिएका थिए । उनीहरुमध्ये करिब ५०० जनाले सगरमाथा आरोहण गरेको जनाइएको छ ।