भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

आइतवार, फाल्गुण २७ २०८०
आइतवार, फाल्गुण २७ २०८०
  • भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

    काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका–७ का मणिराज घिमिरे रहेका छन्।

    दुर्घटनामा परी गम्भीर घाइते भएका मणिराजको मध्यपुर थिमि अस्पतालमा उपचारका क्रममा राति पौने २ बजे मृत्यु भएको हो । 

    सल्लाघारी जाँदै गरेको मोटरसाइकल शनिबार राति १२ः ४३ बजे सूर्यविनायक नगरपालिका–५ चुनदेवी आकासे पुल नजिक दुर्घटना भएको थियो ।

    मोटरसाइकल चालक ३७ वर्षीय विनोदप्रसाद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij