जसपा आज सरकारमा सहभागि हुंदै, यादव उपप्रधान तथा स्वास्थ्य मन्त्री बन्ने

जसपा आज सरकारमा सहभागि हुंदै, यादव उपप्रधान तथा स्वास्थ्य मन्त्री बन्ने

आइतवार, फाल्गुण २७ २०८०
आइतवार, फाल्गुण २७ २०८०
  • जसपा आज सरकारमा सहभागि हुंदै, यादव उपप्रधान तथा स्वास्थ्य मन्त्री बन्ने

    काठमाडौं । जनता समाजवादी पार्टी जसपा आज सरकारमा सहभागि हुने भएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

    जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुँनेछ । यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री सम्हाल्ने बताइएको छ। त्यसैगरी जसपाकै नेता नवलकिशोर साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । जसपाकै दीपक कार्की स्वास्थ्य राज्यमन्त्री हुनेछन् ।

    उनीहरुले आजै शपथ ग्रहण गर्ने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । प्रभण्ड नृतृत्वको सरकारमा यसअघि नै नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र एकीकृत समाजवादी सरकारमा सहभागी भइसकेका छन् । जसपालाई सरकारमा सहभागि गराएसंगै प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते संसदबाट विश्वासको मत लिने तयारी भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij