एआईजी लालमणि आचार्यको अवकाश

एआईजी लालमणि आचार्यको अवकाश

आइतवार, जेठ ११ २०८२
आइतवार, जेठ ११ २०८२
  • एआईजी लालमणि आचार्यको अवकाश

    काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) लालमणि आचार्यको अवकाश भएको छ । प्रहरी नियमावली २०७१ मा उल्लेख भएको एआईजीको ५६ वर्षे उमेर हदका कारण उनको अनिवार्य अवकाश भएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी रमेश थापाले १० जेठबाट आचार्यको अवकाश भएको जानकारी दिए ।

    एआईजी आचार्यलाई आज आइतबार प्रहरी महानिरीक्षक दीपक थापाले बिदाइ गर्ने कार्यक्रम रहेको छ । आचार्य एआईजी बढुवा भएपछि कार्य विभागका कार्यरत थिए । उनको ठाउँमा रिक्त हुने पदका लागि यसअघि नै डीआईजी सिद्धिविक्रम शाहको बढुवा सिफारिस भइसकेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij