डोल्पामा यार्सा सङ्कलन गर्ने समूहबीच डोल्पामा झडप, २ राउन्ड हवाई फायर

डोल्पामा यार्सा सङ्कलन गर्ने समूहबीच डोल्पामा झडप, २ राउन्ड हवाई फायर

शनिवार, जेठ १० २०८२
शनिवार, जेठ १० २०८२
  • डोल्पामा यार्सा सङ्कलन गर्ने समूहबीच डोल्पामा झडप, २ राउन्ड हवाई फायर

    काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका-१ ठाला लेकमा यार्सागुम्बा सङ्कलन गर्न गएका दुई समूहबीच आज दिउँसो झडप भएको छ । पूर्वी रुकुमको मैकोट गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठूलीभेरी नगरपालिकाका स्थानीयबीच यार्सागुम्बा सङ्कलनमा सीमा इलाकाको विषयमा विवाद भई छ-सात सय जनाको सङ्ख्यामा रहेकाबीच झडप भएको हो । 

    स्थितिलाई नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरी बल नेपाल नं ४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा प्रहरी खटिएको छ । झडपलाई नियन्त्रणमा लिन दुई राउन्ड हवाई फायर गर्नुपरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार अहिले त्यहाँको अवस्था सामान्य छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij