तीन प्रदेशमा आज हिमपातको सम्भावना

तीन प्रदेशमा आज हिमपातको सम्भावना

आइतवार, फाल्गुण २७ २०८०
आइतवार, फाल्गुण २७ २०८०
  • तीन प्रदेशमा आज हिमपातको सम्भावना

    काठमाडौं । हाल  नेपालमा  पश्चिमी  न्यून  चापीय  प्रणालीको  आंशिक  प्रभाव  रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल  देशका  पहाडी  भूभागमा  आंशिक  बदली  रही  बाँकी  भूभागको  मौसम  मुख्यतया  सफा  रहेको  छ  ।

    आज दिउँसो  सुदूरपश्चिम र लुम्बिनी  प्रदेश सहित  देशका  पहाडी  भूभागमा  आंशिक  बदली  रही  बाँकी  भूभागमा  मौसम  मुख्यतया  सफा  रहने  छ।

    राति भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेश सहित  देशका  पहाडी  भूभागमा  आंशिक  बदली  रही  बाँकी  भूभागमा  मौसम  मुख्यतया  सफा  रहने  छ।  गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशको  उच्च  पहाडी  तथा  हिमाली  भूभागका  एक–दुई  स्थानमा  हल्का  हिमपातको  सम्भावना  रहेको  छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij