यार्सा टिप्न गएका एकजनाको लेक लागेर मृत्यु

यार्सा टिप्न गएका एकजनाको लेक लागेर मृत्यु

बिहिवार, जेठ ८ २०८२
बिहिवार, जेठ ८ २०८२
  • यार्सा टिप्न गएका एकजनाको लेक लागेर मृत्यु

    काठमाडौं । यार्सा संकलनको लागि डोल्पाको पाटन पुगेका भीमबहादुर बोहोराको लेक लागेर मृत्यु भएको छ । जुम्लाको गुठिचौर गाउँपालिका १ मणिगाउँका ३५ वर्षीय बोहोराको लेक लागेर मृत्यु भएको हो ।

    केही दिनअघी यार्सा संकलनका लागि बोहोरा जेठ ७ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । 

    प्रहरीका अनुसार बोहोरा घरबाट यार्सागुम्बा खोज्नका लागि डोल्पाको जगदुल्ला गाउँपालिका १ स्थित शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तर्गतको जगदुल्ला मध्यवर्ती पाटन पुगेका थिए । 

    त्यहाँ उनलाई लेक लागेको लक्षण देखापरेपछि साथीहरुको सहयोगमा घर ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij