सुनकोशीमा पानीको सतह बढेपछि ‘बेलिब्रिज’ झिकियो

सुनकोशीमा पानीको सतह बढेपछि ‘बेलिब्रिज’ झिकियो

बिहिवार, जेठ ८ २०८२
बिहिवार, जेठ ८ २०८२
  • सुनकोशीमा पानीको सतह बढेपछि ‘बेलिब्रिज’ झिकियो

    काठमाडौं । सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटार भएर बग्ने सुनकोशी नदी तर्न जडान गरिएको अस्थायी बेलिब्रिज हटाइएको छ । 

    पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने फोक्सिङटारको मोटरेबल पक्की पुल गत वर्षको बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गरिएको थियो । 

    नदीमा पानीको सतह बढ्न थालेपछि बेलिब्रिज निकालिएको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए । सडक विभागले एक करोड दुई लाखमा बेलिब्रिज जडान तथा झिक्न निर्माण कम्पनीसँग सम्झौता गरेको थियो ।
     
    बेलिब्रिज हटाइएपछि दिक्तेलबाट गाईघाट हुँदै धरान, विराटनगर, काँकडभिट्टा आउजाउ गर्न कठिन भएको छ भने ती स्थानमा पुग्न दिक्तेल–हलेसी–जयराम–घुर्मी–कटारी सडक प्रयोग गर्नुपर्ने भएको छ । यो वैकल्पिक बाटो यात्राका निम्ति कठिन, लामो र साँघुरो छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij