काठमाडौं । सचिव बढुवा सिफारिस समितिले एक जना सचिवका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ। लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले तीन जना सहसचिवको नाम सिफारिस गरेको हाे ।
सिफारिसमा पर्नेमा वरिष्ठ सहसचिवत्रय भुपाल बराल, डण्डुराज घिमिरे र खगेन्द्रप्रसाद सुवेदी रहेका छन् ।
पहिलो नम्बरमा सिफारिस बराल वन तथा वातावरण मन्त्रालयमा कार्यरत छन् । घिमिरे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सुवेदी लोक सेवा आयोगमा कार्यरत छन् ।
महालेखा नियन्त्रक गणेशप्रसाद पाण्डे अवकाश भएसँगै एक सचिव पद रिक्त भएको थियो। अब बस्ने मन्त्रिपरिषद् बैठकले तीनमध्ये एक जनालाई सचिवमा गर्दै प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्नेछ ।
केही दिन अघि सचिवमा बढुवा भएका शोभाकान्त पौडेलको पनि पदस्थापन हुन सकेको छैन ।