रक्सी खाएर लट्ठी प्रहार गरी श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ

रक्सी खाएर लट्ठी प्रहार गरी श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ

शनिवार, फाल्गुण २६ २०८०
शनिवार, फाल्गुण २६ २०८०
  • रक्सी खाएर लट्ठी प्रहार गरी श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ

    काठमाडौं । श्रीमानको हत्या गरेको अभियोगमा एक जना महिला पक्राउ परेकी छन् । काभ्रेको नमोबुद्ध नगरपालिका-५ कानपुर बस्ने ५९ वर्षीय धनवीर दमाईलाई लट्ठी प्रहार गरी हत्या गरेको अभियोगमा उनकै श्रीमती ४० वर्षीया कमला परियारलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

    कमलाले मादक पदार्थ सेवन गरी लट्ठी प्रहार गर्दा धनवीरको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij