खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु

खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु

बुधवार, जेठ ७ २०८२
बुधवार, जेठ ७ २०८२
  • खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु

    जनकपुर । धनुषाको कमला नगरपालिका–२ मा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

    कमला नगरपालिका–२ सराबे टोलका रामबाबु साहका सात वर्षीय छोरा रितिक साह र उनकै भाइ श्यामबाबु साहका पाँच वर्षीय छोरा रितिश साहको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।

    कृषि बाटोको छेउमा रहेको खाल्डोमा जमेको पानीमा हिजाे दिउँसो दुवै जनाको डुबेर मृत्यु भएको उनले बताए ।

    घरबाट खेल्न निस्केका दाजुभाइ अबेरसम्म नफर्किएपछि खोजतलास गर्ने क्रममा खाल्डोमा तैरिरहेको अवस्थामा शव फेला परेको सिंहले बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij