प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस

मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस

    काठमाडाैं । नेपाल प्रहरीका ११ जना एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ ।

    बढुवाका लागि सिफारिसमा परेका अधिकृतहरूमा सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र जिसी, दिपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा, दिपक कुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, सञ्जिव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ छन् ।

    उनीहरूको बढुवासम्बन्धी निर्णय मन्त्रिपरिषद्ले एक साताभित्र गर्नेछ । यसैबीच, गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक सिद्धिविक्रम शाहलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij