डीआईजी शाह एआईजीमा बढुवा सिफारिस

डीआईजी शाह एआईजीमा बढुवा सिफारिस

मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • डीआईजी शाह एआईजीमा बढुवा सिफारिस

    काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) सिद्धिविक्रम शाह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको विशेष ब्यूरोको नेतृत्व गरिरहेका शाहलाई मंगलवार एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । 


    २०५३ सालमा राअविमा भर्ना भई नेपाल प्रहरीमा स्थान्तरण भएका शाह गत ४ वैशाखमा भएको एआईजी बढुवामा छुुटेका थिए । २०५४ सालमा भर्ना भएका दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज केसीलाई बढुवागर्दा सो टोलीका डिआइजी बढुवाबाट छुटेका थिए ।

    जेठ १० गते एआइजी लालमणी आचार्य उमेर हदका कारण अवकासमा जाने भएपछि शाहलाई बढुवा सिफारिस गरिएको हो । सो स्थानमा समेत राअविबाट स्थान्तरण भएर आएका अधिकृतहरु अहिले डीआईजी बढुवाका लागि समेत प्रतिष्पर्धामा थियो। बढुवा सिफारिसमाथि एक साताभित्र मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij