तीनकुने घटनामा भएको हिंसा अपराध हो, कुनै धर्म वा आस्थासँग जोड्न मिल्दैन : गृहमन्त्री

तीनकुने घटनामा भएको हिंसा अपराध हो, कुनै धर्म वा आस्थासँग जोड्न मिल्दैन : गृहमन्त्री

सोमवार, जेठ ५ २०८२
सोमवार, जेठ ५ २०८२
  • तीनकुने घटनामा भएको हिंसा अपराध हो, कुनै धर्म वा आस्थासँग जोड्न मिल्दैन : गृहमन्त्री

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभीष्ट पूरा गर्नका लागि प्रयोग गर्न नहुने बताएका छन्।


    प्रतिनिधि सभामा सांसदहरूका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। उनले कुनै पनि धर्मलाई असहिष्णु, अराजक र अपराधजन्य कार्यका निमित्त प्रयोग गर्न नहुने र धार्मिक आवरणमा अपराधजन्य काम र राजनीतिक अभीष्ट पूरा गर्ने काम गर्न नहुने बताए।

    उनले कुनै धर्म उत्कृष्ट र कुनै धर्म अनुत्कृष्ट भन्ने नहुने भन्दै  तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले उक्त कार्यलाई कुनै धर्म र आस्थासँग जोडेर हेर्न नमिल्ने बताए।

    हिन्दु धर्मले अहिंसा, शान्ति र वन्धुत्वमा विश्वास गर्ने भन्दै त्यो दर्शन र आदर्श तीनकुनेमा नदेखिएको बताए।  गृहमन्त्री लेखकले तीनकुनेमा गरिएको राजतन्त्र वकालतको विषय नेपालको संविधान विपरित भएकाले कुनै पनि हालतमा उचित मान्न नसकिने बताए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij