एपीएफका सहायक निरीक्षक छत्यालले गरे सगरमाथाको सफल आरोहण

एपीएफका सहायक निरीक्षक छत्यालले गरे सगरमाथाको सफल आरोहण

आइतवार, जेठ ४ २०८२
आइतवार, जेठ ४ २०८२
  • एपीएफका सहायक निरीक्षक छत्यालले गरे सगरमाथाको सफल आरोहण

    काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गरेका छन् ।

    उनले जेठ ४ गते बिहान ९ः२० बजे ८ हजार ८४८ दशमलव ८६ मिटर अग्लो सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउन सफल भएको सगरमाथा बेशक्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले जानकारी गराएको एपीएफका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

    सहायक निरीक्षक छत्यालले वैशाख २२ गते ६ हजार १ सय १४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गरेका थिए । तराई पहाड हिमाल, सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल भन्ने सन्देशसहित सहायक निरीक्षक छत्याल ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा लिई सगरमाथा आरोहण लागि बैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

    उनलाई वैशाख १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सगरमाथा सफल आरोहणको शुभकामनासहित बिदाइ गरेका थिए ।

    सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपाल नं.१९ बगलामुखी विशेष कार्यदल गण हलचोकमा कार्यरत छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij