पार्किङ गरिएको स्कुल बसमा आगलागी

पार्किङ गरिएको स्कुल बसमा आगलागी

शनिवार, फाल्गुण २६ २०८०
शनिवार, फाल्गुण २६ २०८०
  • पार्किङ गरिएको स्कुल बसमा आगलागी

    काठमाडौं । दाङमा पार्किङ गरिएको स्कुल बसमा आगलागी भएको छ । गढवामा अवस्थित ज्ञानज्योति इङ्लिस बोर्डिङ स्कुलको बसमा शुक्रबार राति अचानक आगलागी भएको हो । गढवा गाउँपालिका वडा नम्बर २ बघमरुवा निवासी अर्जुन योगीको घरको आँगनमा पार्किङ गरिएको बसमा आगलागी भएको छ ।

    लु १ क ५३३५ नम्बरको स्कुल बसमा आगलागी भएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएकाे छ । घटनाको अनुसन्धान प्रहरीले गरिरहेको छ ।

    पार्किङमा रहेको बसमा एक्कासि आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । गढवा गाउँपालिकाको दमकल, प्रहरी तथा स्थानीयको पहलमा आगो नियन्त्रणमा लिइएको थियो ।

    राति साढे १० बजेतिर बसमा आगलागी भएको हाे । आगलागीको कारण भने अझै खुल्न सकेको छैन ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij