अनियमितता गर्ने करिब १९ सय व्यवसायी तथा उद्योगी कारबाहीमा

अनियमितता गर्ने करिब १९ सय व्यवसायी तथा उद्योगी कारबाहीमा

शनिवार, जेठ ३ २०८२
शनिवार, जेठ ३ २०८२
  • अनियमितता गर्ने करिब १९ सय व्यवसायी तथा उद्योगी कारबाहीमा

    जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको १० महिनामा एक हजार ८७२  उद्योगी तथा व्यवसायीलाई कारबाही गरेको छ । कार्यालयका अनुसार आफूखुसी ढक तथा तराजु र (डिजिटल) नापतौल मेसिनको प्रयोग गर्नेहरुलाई जरिवानासहित कानुनी दायरमा ल्याइएको हो । 

    कार्यालयका अनुसार चालु आवको साउनदेखि वैशाखसम्म गरिएको अनुगमनका क्रममा उनीहरुलाई कारबाही गरिएको कार्यालय प्रमुख सुनील यादवले जानकारी दिए ।

    कार्यालयले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा  रामेछापमा अनुगमन गरेको थियो । सो अवधिमा दुई हजार ३७२ जना व्यवसायीको नापतौल यन्त्रको जाँच गरिएको थियो । कार्यालयले सो अवधिमा एकल अनुगमन २९ पटक,  व्यावसायिक फर्मको अनुगमन २७२ पटक, संयुक्त अनुगमन १८ पटक, व्यावसायीक फर्मको अनुगमन ४९९ पटक गरेको थियो । जसमा कार्यालयले विभिन्न शीर्षकमा  रु ४१ लाख १२ हजार ८४० सङ्कलन गरेको छ । 

    कार्यालयले गत आवको सोही अवधिमा र  विभिन्न शीषर्कवाट रु तीस लाख ६३ हजार २४४ राजस्व सङ्कलन गरेको थियो । गत आवमा कार्यालयले एक हजार ९७५ कम्पनी अनुगमन गरी एक हजार ३९० कम्पनीलाई कारबाही गरेको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij