दमकका पूर्वप्रमुख बुढाथोकीको निधन

दमकका पूर्वप्रमुख बुढाथोकीको निधन

शनिवार, जेठ ३ २०८२
शनिवार, जेठ ३ २०८२
  • दमकका पूर्वप्रमुख बुढाथोकीको निधन

    झापा । दमक नगरपालिकाका पूर्वनगर प्रमुख इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ । दमक–५ निवासी ७२ वर्षीय बुढाथोकीको आज बिहान ९ः५५ बजे आफ्नै निवासमा निधन भएको हो । 

    उनी केही समययता मुटु र मिर्गौला रोगबाट पीडित थिए । विसं २०४९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उहाँ नेकपा (एमाले)बाट नगर प्रमुखमा निर्वाचित भएका थिए ।

    पछिल्लो समय एमाले छाडेर उनी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा थिए । उनको आज नै अन्त्येष्टि गरिने जनाइएको छ । पूर्वनगर प्रमुख बुढाथोकीको निधनप्रति दमक नगर उपप्रमुख रेगना भट्टराई प्रसाईंले समवेदना व्यक्त गरेकी छिन् । उनले स्वर्गीय बुढाथोकीले नगर विकास, सामाजिक सेवा र नेतृत्वदायी भूमिकामार्फत दमकको समृद्धिमा पुर्‍याएको योगदान सदैव स्मरणीय रहने उल्लेख गरेकी छिन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij