मसला पिस्ने सिलौटाले हानेर एक महिलाको हत्या

मसला पिस्ने सिलौटाले हानेर एक महिलाको हत्या

शनिवार, फाल्गुण २६ २०८०
शनिवार, फाल्गुण २६ २०८०
  • मसला पिस्ने सिलौटाले हानेर एक महिलाको हत्या

    काठमाडौं । सिराहाको गोलबजारमा एक महिलाको हत्या भएको छ । न्यू स्टार होटेलका सञ्चालक महेन्द्र साहकी श्रीमती वर्ष ३२ की अनितादेवी साहको हत्या भएको प्रहरीले जनाएको छ ।

    गोलबजार नगरपालिका–६ मा सिलौटो प्रहार गरी हत्या भएको सिरहाका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्यले बताए । उनका अनुसार अनुहारमा  ढुंगाले हिर्काएको चोट देखिएको छ । सुत्ने खाट नजिकै अनिताको शव फेला परेको हो ।

    मृतक अनिताका पति समेत घाइते छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । साह दम्पती गत एक वर्षदेखि स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर होटल सञ्चालन गर्दै आएका थिए । राति २ बजे मात्र यो घटना विषयमा प्रहरीले जानकारी पाएको थियो । घटनास्थलमा एसपी आचार्यको टोली पुगेर अनुसन्धान गरिरहेको जनाएको छ ।

    घटनामा संलग्न भएको हुनसक्ने आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको एसपी आचार्यले जानकारी दिए । घटनाबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij