चट्याङ पर्दा सप्तरीमा एक बालिकाको मृत्यु

चट्याङ पर्दा सप्तरीमा एक बालिकाको मृत्यु

शनिवार, जेठ ३ २०८२
शनिवार, जेठ ३ २०८२
  • चट्याङ पर्दा सप्तरीमा एक बालिकाको मृत्यु

    काठमाडौं । सप्तरीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा भारत उत्तर प्रदेश सामलि केरना पञ्चायत वडा नं। ८१ का जाहिद खानकी ७ वर्षीया छोरी रहेकी छिन् ।

    जाहिदको परिवार सस्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १४ टालुवा स्थित कोशिको बगरमा अस्थाइ टहरा बनाई खरभुजा खेति गर्दै आइरहेको छ ।

    शनिबार बिहान करिब साढे पाँच बजेको समयमा उनीहरू बसिरहेको टहरामा चट्याङ पर्दा चट्याङको ध्वनिले आत्तिएर बालिका घाइते भएकी थिइन् ।

    घाइते भएको केही समयपछि बालिकाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij