काठमाडाैं । नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्ष पदमा उम्मेदवारी दिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा आज बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा उम्मेदवारी दिने विषयमा छलफल भएको हो ।
यसबारे सत्ता गठबन्धनमा नरहेका दलहरूसँग पनि छलफल अघि बढाइने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार सत्ताबाहिर रहेका दलहरूसँगको छलफलपछि उम्मेदवारलगायत विषयमा निर्णय हुनेछ ।
फागुन २९ गतेका लागि राष्ट्रियसभा अध्यक्षको निर्वाचनको हुँदैछ ।
सत्ता समीकरण फेरिनुअघि नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा अध्यक्षमा ल्याउने कांग्रेसको तयारी थियो । गठबन्धन फेरेपछि सिटौलाको सम्भावना क्षीण बनेको छ ।
राष्ट्रियसभामा माओवादी, एमाले, नेकपा एकीकृत समाजवादी र जसपाको पर्याप्त बहुमत छ ।