हावाहुरीले रूख ढाल्दा दुईको मृत्यु तीन जना गम्भीर घाइते

हावाहुरीले रूख ढाल्दा दुईको मृत्यु तीन जना गम्भीर घाइते

शनिवार, जेठ ३ २०८२
शनिवार, जेठ ३ २०८२
  • हावाहुरीले रूख ढाल्दा दुईको मृत्यु तीन जना गम्भीर घाइते

    परासी । हावाहुरीका कारण शुक्रबार अपरान्ह नवलपरासीमा दुई जनाको ज्यान गएको छ । तीन जना गम्भीर घाइते भएका छन् । दिउँसो साढे ४ बजे पानीसहित आएको हावाहुरीबाट जोगिन सुनवल नगरपालिका–७ स्थित प्रतीक्षालयमा ओत लागेर बसेका वेला नजिकै रहेको रुख ढलेर प्रतीक्षालयमा लाग्दा साे घट्ना भएको हाे । 

    कमजोर अवस्थामा रहेको प्रतीक्षालयको छत खस्न पुग्दा च्यापिएर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरदत्त पन्तले बताए । मृत्यु हुनेमा ३० वर्षीय मिरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुन रहेका छन् । 

    गम्भीर घाइते हुनेमा ४० वर्षीय नरमती परियार, ५१ वर्षीय दुर्गेश्वर खाम्चा मगर र २२ वर्षीय अनिल थापा रहेका छन् । उनीहरू सबै सुनवल नगरपालिका–७ ज्यामिरेका हुन् । गम्भीर अवस्थामा रहेका घाइतेको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij