चितवन रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते

चितवन रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते

शुक्रवार, जेठ २ २०८२
शुक्रवार, जेठ २ २०८२
  • चितवन रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते

    चितवन । चितवनको रत्ननगरमा बस दुर्घटना हुंदा १५ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रुवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका हुन् । 

    लहानबाट काठमाडौँतर्फ गइरहेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस गएराती दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।  बसमा ३९ जना सवार थिए ।अघाइतेमध्ये चार जनाको पुरानो मेडिकल कलेज र अन्यको बकुलहर अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij