५ लाख ७० हजार घुससहित भक्तपुरबाट इन्जिनियर पक्राउ

५ लाख ७० हजार घुससहित भक्तपुरबाट इन्जिनियर पक्राउ

शुक्रवार, जेठ २ २०८२
शुक्रवार, जेठ २ २०८२
  • ५ लाख ७० हजार घुससहित भक्तपुरबाट इन्जिनियर पक्राउ

    भक्तपुर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाँच लाख ७० हजार घुससहित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयमा कार्यरत इञ्जिनियर सन्तोषकुमार यादवलाई पक्राउ गरेको छ ।

    आयोगको टोलीले इञ्जिनियर यादवलाई घुस रकमसहित मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट हिजाे साँझ पक्राउ गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

    खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टङ्गाल कार्यालयबाट गएको टोलीले इञ्जिनियर यादवलाई पक्राउ गरेको हो । आरोपी इञ्जिनियर यादवलाई पक्राउ गरी थप अनुुसन्धान भइरहेको आयोगले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij